मानिसमा परिवर्तनको भोग अनन्त हुन्छ। जसले भोग मेटाउन विभिन्न गुणका कार्यहरुसँग सम्झौता र सङ्घर्ष गर्छ। जहाँ प्रतिस्पर्धा र द्वन्द्व उपयोगी सारथीको दायरामा समाहित हुन्छन। जसलाई मानिसले आवश्यक्ता पुर्तिको लागि पुलको भुमिकामा राख्छ। नयाँ कुराहरु उपर व्यवहार नुतन ढङ्गले गर्ने अभिलाषाहरुको पोका काँधमै सुरक्षित गरेको हुन्छ मानिसले। जसले ती आकाङ्क्षा पूरा गर्न वातावरणमा अस्वस्थता समेत ल्याउँछ।
विश्व समाजलाई अहिलेको युगमा आइपुग्न मुख्यतय दुई कुराले सहयोग गरेको छ। एउटा प्रतिस्पर्धा र अर्को द्वन्द्व । यी दुवै शक्तिले परिवर्तन ल्याउँछ। विविध प्रकृतिको विश्व युद्ध र गृह युद्ध पनि मानवीय आवश्यक्ता पुर्तिको डन्डी हो। जसले परिवर्तन त ल्यायो तर शान्ति र न्याया विचको तालमेललाई ठोस रुपमा अगाडि बढाउन सकेन।
संगठित संरचनाको अवधारणा सँगै न्यायको लागि भनेर विभिन्न राष्ट्रहरुले फरक–फरक गुणको न्यायिक शक्तिको विकास गरेका छन्। नेपालको सर्वोच्च अदालत, अफगानिस्तानको सुप्रिम कोर्ट अफ अफगानिस्तान (दिवान ए अलि), भारतको सुप्रिम कोर्ट, मेक्सिकोको सुप्रिम कोर्ट अफ जस्टिस अफ द नेसन, प्यालेस्टाइनको हाई जुडिसियल काउन्सिल, अष्ट्रेलियाको हाई कोर्ट अफ अष्ट्रेलिया , इथियोपियाको फेडरल सुप्रिम कोर्ट, बेल्जियमको कन्जेशन कोर्ट, बेलायतको सुप्रिम कोर्ट अफ जुडिकेचर, डेनमार्कको हाई कोर्ट, नर्वेको रिकसेट, स्वीट्जरल्यान्डको फेडरल ट्राइवुनल , संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय न्यायलयमा सर्बोच्च न्यायिक अधिकारको अभ्यास गरिन्छ।
न्याय केवल पीडकलाई सजाय दिनु र पीडितलाई क्षतिपूर्ति दिनु होइन। न्याय त शान्तिसँग जोडिएर आएको हुन्छ। द्वन्द्व नहुनु, अशान्तिले दियो नबाल्नु मात्र शान्ति होइन, यो मानिसको हरेक व्यवहारसँग गासिएको बृहत बिषय हो। मानव जीवन तत्वको प्रार्दुभावदेखि वर्तमान अवस्था सम्म दृष्टि राख्दा न्याय र शान्ति विचको स्वजनता फितलो देखिन्छ। कहिले न्याय नभएर शान्ति भएन भने कहिले कृत्रिम तथा बनावटि न्यायले शान्तिलाई परास्त गर्यो। जुन कृयाकलापले अहिले आफ्नो अधिकारक्षेत्र विस्तृत र व्यापक तवरमा फैलाएको छ।
न्याय दर्शन हो। न्याय समाजको मुटु हो। न्याय बिनाको समाज मालि विनाको बगैचा जस्तै हुन्छ। समाजमा सभ्य वातावरणलाई बल दिने शान्तिको जन्दाता हो न्याय। के पानी बिना माछा बाच्न सक्छ र ? शान्ति त्यस्तो बिशेषता बोकेको बिषय हो, जो न्याय बिना गम्भीर अपांग हुन्छ। प्रकृति, मानवता र बिज्ञानका साथै सान्दर्भिक संस्कार र संकृतिको समीचीन, कोमल महसूस संग जोडिएको बिषयको रुपमा न्यायलाई लिन सकिन्छ ।
न्याय र शान्तिलाई हेर्दा, जहाँ न्याय हुन्छ, त्यहाँ शान्ति अवश्य हुन्छ। वर्तमान विश्व घटना तर्फ हेर्दा विश्वमै शान्ति छैन, किनकि न्याय कमजोर भएको छ। न्यापुर्ण परिवेशमा स्वत देखापर्ने शान्ति आज तितो मैदानमा टेक्दै आसुका धारा खसाल्न विवस छ। विश्व समुदाय अशान्तिको घेरामा नाचिरहेको छ।
म्यानमारमा सैनिक कु पश्चातको नागरिक आन्दोलन, भारतको किसान आन्दोलन, भारतको चिन, नेपाल र पाकिस्तानसँगको सिमा क्षेत्रको विबाद, नेपालको संसद बिघटन बिरुद्धको आन्दोलन, उत्तर कोरिया र दक्षिण कोरियाबीचको मामला लगायतका घटनाहरु हुनुको पछाडि न्यायको अभाव हो। जसले शान्तिमा रोगी वान हान्यो।
समाजमा शान्ति हरायो। जुन समाजमा न्यायलाई सङ्कुचित दुषित, स्वार्थ पुर्तिको हतियार बनाईदै आएको छ, त्यो समाजमा न्याय न्याय भन्नु अरिगालको गोलामा हात राखे जस्तै हो। अहिलेको अवस्था कस्तो भयो भने न्यायलाई पुतलिको खेलौना सम्झिदियो। जसको खुलेआम मुल्य निर्धारण गरिन्छ। न्यायलाई वस्तु बनाईएको छ। अझ दुर्भाग्यपूर्ण स्थिति त यो छ, हिजो न्याय न्याय न्याय भन्दै चम्किएको शक्ति आज अन्यायको मतियार भएको छ।
न्यायको खडेरीमा अहंकारको मस्तिष्कको समायोजनले सृजित विश्व युद्धको अन्त्य पश्चात तर्जुमा गरिएको मानव अधिकार सम्बन्धि विश्वव्यापि घोषणापत्र, १९४८ र विभिन्न घोषणापत्र तथा महासन्धिहरुले न्यायको विषयलाई गम्भीर रुपमा लिएका छन। ति पत्रमा हस्ताक्षर गरेका राष्ट्रहरुले अहिले सम्म पनि न्यायलाई संस्थागत गर्न सकेका छैनन्, केवल कागजी कानुनी पाटोमा राखे। कागजमा लेख्दैमा न्याय हुँदैन। विश्व समाजमा पनि न्यायको मुहानमा बाढी पसेको छ।
नेपालको संविधानले शक्ति पृथकिकरणको सिद्धान्त अवलम्बन गर्दै न्याय सम्बन्धि मामला हेर्न न्यायपालिकाको व्यवस्था गरेको छ। राज्यको कानुनी क्षमता कस्तो हुने भन्ने कुरा न्यायपालिकाले गर्ने कार्यमा निर्भर रहन्छ। तर, नेपालको न्यायपालिकामा राजनीति सङ्घर्ष मौलाई रहेको छ । जसले न्यायलाई व्यक्तिगत राजनिती स्वार्थको छायामा राख्दैछ। न्यायलाई व्यक्तिगत स्वार्थ पुर्तिको हतियार बनाएको नेतृत्वले भोलि त्यो हतियारको धारले आफैलाई काट्छ भन्ने कुरा समेत भुलेको जस्तो गरेको छ। जसको महान उपलब्धि शान्तिको ह्रास हो।
शान्ति हुन न्याय चाहिन्छ । त्यसैले न्याय हुनको लागि सबैभन्दा ठूलो शुत्र भनेकै सामाजिक असमानता हटाउनु हो। किनकि असमानताले अन्यायपूर्ण स्थिति खडा गर्छ। समान अधिकार , मर्यादा र सम्मानको उपस्थितिले न्यायको जन्म हुन्छ।
(लेखक काठमाडौं स्कुल अफ ल, भक्तपुरमा बिएएलएलबि, प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ ।)
Leave a Reply