Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अख्तियारद्वारा मालपोतका अधिकृत घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको आरोपमा जोशीविरुद्द मुद्दा दायर गरेको हो।

अख्तियार कञ्चनपुरको टोलीले जोशीलाई सेवाग्राहीबाट चौबिस हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेका जोशीबिरुद्द बिगो चौबिस हजार कायम गरी  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसारको सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम  विशेष अदालत काठमाडौंमा मुद्दा दायर  गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077