Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीद्वारा प्रदेश २ का ४ सांसदलाई पनि बर्खास्त

जनकपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले साबिकको नेकपा विभाजनलगत्तै नेकपा एमालेमा प्रवेश गरेका चार जना प्रदेश सांसदलाई बर्खास्त गरेको छ ।

बर्खास्तमा प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिर रहेका छन्।

पार्टीले उनीहरु चारै जनालाई सांसदबाट बर्खास्त गरिएको पत्र प्रदेशसभा सचिवालयमा बुझाएको हो ।

चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएका छौं माओवादी केन्द्रका सचेतक दिलीप साहले भने जानकारी दिए ।

यसअघि शुक्रबार माओवादी केन्द्रको केन्द्रीय समितीले चारैजना सांसदलाई सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको साहले जानकारी दिए ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ जना सांसद थिए । जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077