Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीलाई प्रचण्डले नकचरो भनेपछि…

    प्रधानमन्त्री ओलीलाई प्रचण्डले नकचरो भनेपछि…

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 2.2K
    SHARES

    चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनमै पदबाट हटाउने बताएका छन् ।

    आज गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।



    केपी ओलीलाई आफुहरुले तिन तिन पटक सम्म पार्टीबाट हटाईसकेको भन्दै निर्वाचन आयोगले उचित कदम नचालेको आरोप लगाए।



    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले लाज पचाएर अझै नकचरो भएर पदमा  बसिरहेको बताए ।

    ओलीको निरङ्कुश प्रवृतिबिरुद्दआफुहरु लागिपरेको भन्दै अब चौथो पटक फेरि आफुहरुले हटाउने प्रचण्डको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार