Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१४औं महाधिवेशनमा सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता ड.। शेखर कोइरालाले आगामी महाधिवेशनमा सभापतिबाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन्।

शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दा कोइरालाले
भने–‘म १४औं महाधिवेशनमा सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ ।’

आफू सभापतिमा पुगे अहिलेजस्तो कुनै पनि कार्यकर्ताले अन्याय र दुःख नपाउने पनि उनले बताए ।

उनले भने–‘म कसैमाथि अन्याय हुन दिन्नँ। कुनै पनि कार्यकर्ताको क्षमता, योग्यता र योगदानको आधारमा पार्टीमा स्थान दिन्छु ।’

कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटा दुबैका कारण वर्तमान संसद अनिर्णयको बन्दी बनेकाले अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताए।

कोइरालाले भने‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद पुनर्स्थापना भन्यौं। तर, अहिले पुनर्स्थापित संसदले विजनेस दिन सकेन। सभामुखको भूमिका पनि स–न्तोषजनक रहेन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077