काठमाडौ। शुक्रबारका लागि नेपाली कांग्रेसले बोलाएको तीन दलको बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेसँगै पार्टी सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपालाई छलफल गर्न आफ्नै निवासमा बोलाएका थिए।
तर, जसपाले कांग्रेसले नयाँ सरकार बनाउन गरेको प्रस्तावलाई तत्कालका लागि अस्वीकार गरेको छ। बैठकमा कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जसपासंग सहकार्य गरे नयाँ सरकार गठनबारे प्रस्ताव राखेका थिए ।
देउवाले उक्त प्रस्तावपछि यस विषयमा आफूहरुले छलफल नगरेको भन्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले छिट्टै निर्णय गर्ने बताए।
‘बैठकबाट बाहिरिएसँगै अध्यक्ष ठाकुरले भने, ‘काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भनेर प्रस्ताव गर्यो, हामीले यसबारेमा कुनै छलफल गरेका छैनौं, अब चाँडै छलफल गरि निर्णय गर्छौं।’
त्यस्तै, बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकको बारेमा जानकारी दिँदै पार्टीको प्रस्तावमा माओवादी सकारात्मक देखिएको र जसपले छिट्टै निर्णय गर्ने बताएको जानकारी दिए।
Leave a Reply