Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डद्वारा गृहमन्त्री थापासहित दुई राष्ट्रियसभा सांसदलाई पनि कारवाही

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका राष्ट्रियसभा सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ।

माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको जनाउदै दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको हो ।

माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१)गरिदिन भनेर दल त्यागको सूचना शुक्रवार संसद सचिवालयमा दिएका हुन्।

राष्ट्रियसभा बैठक अधिवेशन अन्त्य भइसकेकोले सूचना टाँस गरेर उनीहरुलाई पदमुक्त गरिएको जानकारी गराइने राष्ट्रियसभा सदस्य रामनारायण विडारीले बताए।

यसअघि बिहीवारको प्रतिनिधिसभामा बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त गरेको जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077