Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकै व्यक्तिलाई दोहोरो भत्ता दिने सचिवविरुद्द मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा दुई जना सचिवविरूद्ध मुद्दा दायर गरेको छ ।

आयोगले महोत्तरी साबिक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंह र कार्यालय सहायक नारायण यादवविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूविरूद्ध ६ लाख २९ हजार रुपैयाँ बिगो मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार उनीहरूले हिनामिना गरेकोमध्ये ६ लाख १५ हजार रुपैयाँ दाखिला भइसकेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्दा दुबैले बदनियतपूर्वक काम गरेको देखिएकाले उनीहरु उपर बिगो बाह्र लाख चवालीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर  गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077