Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : चार मन्त्रीको सांसद पद खोसिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिने भएको छ ।

आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदलाई पदमुक्त भएको घोषणा गर्न संसद सचिवालयले तयारी थालेको जनाएको छ।

गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले पूर्वपार्टी त्याग गरेको जानकरी दिएका थिए।

जसमा रायमाझी अर्घाखाँची, भट्ट कैलाली, प्रभु साह रौतहट र गौरीशंकर चौधरीले कैलालीबाट चुनाव जितेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि स्वत खारेज हुनेछ।

त्यस्तै, पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई भने अहिलेसम्म माओवादीले कुनै एक्सन लिएको छैन।  यद्दपि पार्टीका मुख सचेतक देव गुरुङले थापाविरूद पनि पार्टीले छिट्टै कारवाही गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077