Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : सामाजिक सञ्जाल प्रयोगमा कडाई हुन सक्ने !

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने व्यवस्था रहेको सूचना प्रविधि सम्बन्धी विधेयकको प्रतिवेदन पेश हुने भएको छ ।

संसदीय समितिबाट पास भएको सो विधेयकको प्रतिवेदन विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले पेश गर्न लागेकी हुन् ।

विधेयकमा सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको बताइएको छ।

उक्त प्रतिवेदनअनुसार कानुन बनेमा अनलाइनमा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो विचार लेखेकै आधारमा सर्वसाधारण जेल जानुपर्ने हुन सक्छ ।

सो विधेयकको कतिपय दफामा सामाजिक सञ्जालमाथि अंकुश लगाउने व्यवस्था रहेको भन्दै संसदीय विभिन्न पक्षबाट बिरोधसमेत हुँदै आइरहेको छ । विधेयकका प्रावधान संविधानको मर्म र भावनाविपरीत हुनुका साथै यसले नागरिकको स्वतन्त्रता र मौलिक हक हनन गर्ने भएकाले कांग्रेस विधेयकको विपक्षमा रहेको बताएको छ ।

यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मधेशी आयोग र थारु आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन पेश हुने कार्यसुची समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077