Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घुस लिने मन्त्रालयका अधिकृत र इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विकास आयोजना वाग्मती प्रदेश हेटौंडा, मकवानपुरका लेखा अधिकृत देवी प्रसाद गौतम र सोही कार्यालयका सव इन्जिनियर नेत्र प्रसाद लामिछानेविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको आरोपमा उनीहरुविरुद्द मुद्दा दायर गरेको हो।

अनुसन्धानको सिलसिलामा गौतम र लामिछानेले सेवाग्राहीलाई उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरिदिएवापत पचास हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको हो।

अख्तियार टंगालको टोलीले उनीहरु दुवैलाई सेवाग्राहीबाट पचास हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुबिरुद्द बिगो पचास हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसारको सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम  विशेष अदालत काठमाडौंमा मुद्दा दायर  गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077