Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काँग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमालेसँग सम्झौता गर्दैन : देउवा

झापा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमाले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् ।

सभापति देउवाले संसदीय गणितको संख्याले साथ दिएमा सरकारको अगुवाइ गर्ने बताए ।

सोमबार झापा आइपुगेका सभापति देउवाले मंगलबारको कार्यक्रममा सरकारका विषयमा भन्दा पनि आफ्नो पार्टीको एकतामा बढी जोड दिए ।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानले झापाको शान्तिनगरमा आयोजना गरेको स्व. आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै देउवाले नेपाली काँग्रेस एक भए संसारको कुनै पनि तागतले हराउन नसक्ने दाबी गरे ।

प्रजातन्त्र रक्षाका लागि हिजो राजतन्त्र हटाउनु परेको बताउँदै देउवाले सरकार निर्माणका लागि संख्या आवश्यक पर्ने भन्दै त्यो संख्या निश्चित भए नेपाली काँग्रेसले सरकारको अगुवाइ गर्ने  बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका अर्का नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेसले मुलुकलाई वैचारिक र साङ्गठानिक अगुवाइ गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077