Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मलाई नै बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरे : प्रचण्ड

    मलाई नै बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरे : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.7K
    SHARES

    रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विगतमा गरेका केही गल्तीहरुको  आत्मालोचना गरेका छन् ।

    आज ३२ औं जनआन्दोलन दिवसका अवसर पारेर नेकपा माओवादी केन्द्रले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको जन प्रशिक्षण तथा जनआन्दोलन दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहहरुले महत्व पाएको स्वीकार गर्दै आत्मालोचना गरेका हुन् ।



    प्रचण्डले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका रामबहादुर थापालगायत अन्य नेताहरुलाई लक्षित गर्दै भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, ममाथि चुनावमा बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ, सायद मैले गल्ती गरेँ, माफ गर्नुहोस्। ‘



    जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको भन्दै प्रचण्डले त्यसकाविरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजदै आज यहाँ आइपुगेको बताए।

    आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको दाबी गर्दै प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमान्दारिताका साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे।

    आज रुकमका जनताबाट आफूले थप शक्ति र उर्जा पाएको भन्दै प्रचण्डले अब प्रचण्ड कमजोर भए भन्न थाल्नेहरूलाई चुनौती दिँदै भने, ‘मसँग मेरो पार्टी छ, मेरा नेता तथा कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ,अबका दिनहरुमा प्रचण्डको जित हुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार