Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घुस लिने महानगरका वडा सचिव पोखरेल अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले निर्माण कार्य सम्पन्न गरेपछि बिल भुक्तानी दिए बापत घुस मागेकाे आराेपमा पोखरेलविरुद्द मुद्दा दायर गरेको हो।

अख्तियार टंगालको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेका पोखरेलबिरुद्द बिगो चार लाख कायम गरी  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसारको सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम  विशेष अदालत काठमाडौंमा मुद्दा दायर  गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077