Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिलिपिन्समा '३०० पटक उठबसको सजाय' पाएका एक व्यक्तिको मृत्यु

एजेन्सी। कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ।

बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए।

दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भयो।

कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ।

नरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्।

तर सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन्।

पीडितका एक आफन्त एड्रिएन लुसेनाले पेनारेडोन्डोको मृत्यु भएको जानकारी फेसबुकबाट दिएका थिए। स्रोत:बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077