Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड रुकुम पश्चिममा

रुकुम पश्चिम । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर जिल्लामा जनसभाको आयोजना गरेको छ ।

यसैबीच जनसभामा सहभागी हुन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज रुकुम पश्चिम आइपुगेका छन् ।

प्रचण्ड जनआन्दोलन दिवस (चैत २४) को कार्यक्रममा सहभागी हुन रुकुम पश्चिम आएका हुन् ।

दिवसको अबसरमा प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा पूर्वमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा प्रभाकरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रभाकर रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधि समेत हुन् ।
नेता शर्मा केही दिनअघि जिल्ला सदरमुकाम आइसकेका छन्।

आजको सभामा प्रचण्ड र शर्मालगायत पार्टीका अन्य नेता एवं कार्यकर्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077