Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, पछिल्लो २४ घण्टामा २६६ थपिए

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर  २६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा १०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७३ हजार ३४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको चार रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०३६ पुगेको  छ ।

आज ४ हजार५ सय ३६ जनाको पिसिआर परिक्षण गरिएको थियो।

यस्तै, हिजो नेपालमा १७६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077