Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले फूटबल हेर्दा र राष्ट्रपतिले मेलम्चीको तमासा गर्दा कोरोना नसर्ने, जनताले होली खेल्दा सर्ने ? : गगन थापा

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगनकुमार थापाले कोरोना भाइरस जनतालाई मात्र सर्ने र प्रधानमन्त्री, राष्ट्रपति, नेताहरुलाई नसर्ने हो भनेर प्रश्न गरेका छन्।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुखमार्फत् स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई प्रश्न सोध्ने कार्यक्रममा प्रश्न सोध्दै सांसद थापाले सरकारले जनतालाई पर्व नमनाउन र होली नखेल्न आग्रह गरेको बेला प्रधानमन्त्री केपी शर्मा ओली हजारौंको संख्या भएको रंगशालमा फुटबल खेल हेर्न जादा कोरोना नसर्ने भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

यस्तै, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले सयौँ मानिसहरु थुपारेर मेलम्ची उद्घाटन गर्न मिल्ने जनताले पर्व, भेला गर्न नमिल्ने भनेर प्रश्न गरे।

नेता थापाले सरकारको आदेशलाई आश्चर्य प्रकट गर्दै होली खेल्न नहुने फूटबल हेर्न जान हुने ? मेलम्चीको तमासा गर्न हुने भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077