Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली : कांग्रेस नेता कँडेल

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी शर्मा ओली हुन सक्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको राजनीतिक अवस्था कायमै रहने हो भने यस्तो अवस्था आउन सक्ने बताएका हुन्।

नेता कँडेलले प्रधानमन्त्री ओलीको अहिलेको व्यवहारले पनि एमालेको अन्तिम प्रधानमन्त्री ओली मात्र हुने देखिएको बताए।

२०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी अभिव्यक्ति दिएको सुनाउँदै कँडेलले भने, ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो । त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री ओली नै रहनेछन्।’

प्रधानमन्त्री ओलीले कुर्सीको मोहले गर्दा आफूसँग राजनीतिक आन्दोनलमा सहभागी नेताहरूलाई पन्छाउँदै गएको र एकता गरेर आएका दलहरूलाई समेत अभद्र व्यवहार गरेकाले त्यस्तो दिन आउन सक्ने बताए।

संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भन्दै तत्कालिन नेकपा विभाजित भइसकेपछि प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनपर्ने कँडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077