Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

समर्थन फिर्ता लिएर देखाऊ, राजिनामा आउछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभरका एक सय ६५ सडक सञ्जालबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् ।

शुभारम्भमा बोल्दै प्रधानमन्त्री ओलीले देशभरिका अखवारहरुको खबरलाई स्मरण गर्दै आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, 'काठमाडौंका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचारलाई प्रथामिकत नदिएको र प्रधानमन्त्री को राजीनामा मागिएको बिषयलाई हेडलाइन बनाएकोमा आपत्ति जनाए ।

'राजीनामा त माग्या माग्यै छन् त, मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ, ए बाबा हटाउ न त, समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन्।' समर्थन फिर्त गरे राजीनामा दिने प्रधानमन्त्री ओलीको भनाइ छ।

आफ्नो सरकारलाई तानाशाही भनेकोमा आस्चर्य प्रकट गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रामक कुराको पछाडी नलाग्न नेपाली जनतालाई आग्रह समेत गरे। आफ्नो पालामा विकासले गति लिएको भन्दै आगामी दिनमा अझै धेरै प्रगति गर्ने र विकास हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077