Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारलगायतका संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चलेको प्रचण्डको आरोप

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अख्तियारलगायतका संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चलेको आरोप लगाएका छन्।

आज उपत्यकामा आयोजित प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले सर्वोच्चले संसद पुनर्स्थास्पना गरे पनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको भन्दै यस्तो आरोप लगाएका हुन्।

प्रचण्डले अहिलेको सरकार 'सेटिङले' मात्रै काम गरिहरेको बताउँदै सामाजिक मुल्य मान्यताले काम नगर्ने सेटिङले मात्र काम गर्ने बेला रहेछ अहिले बिचित्रको सरकार रहेको छ।

'देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने रहेछ;' प्रचण्डले भने।

फरक प्रसंगमा बोल्दै प्रचण्डले काठमाडौंका सडक फरकाकिलो बनाउने नाममा जनतालाई दुख दिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077