Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रिपरिषद बैठक: चुरे मधेस–तराई समितिमा पौडेल, विज्ञापन बोर्डको अध्यक्षमा हुमागाई नियुक्त

काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वन क्षेत्रका विज्ञ पर्वतका पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।

त्यस्तै आजको बैठकले संरक्षण विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्कीसहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको जनाएको छ।

सरकारले चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि चुरे संरक्षणका लागि विकास समिति गठन गरेको हो।

त्यस्तै, बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077