Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सङ्खुवासभामा गाडी पल्टियो, १५ जना घाइते

सङ्खुवासभा। जिल्लाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको गाडी पल्टिएको छ।

आज बिहान को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका हुन् ।

गाडी बीस मिटरमाथिको सडकबाट पल्टिँदा दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा उद्दार भइरहेको छ।

उद्दारपश्चात घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक 'डिएसपी' विशाल सिलवालले जानकारी दिए ।

उक्त दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077