Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने नगरपालिकाका नाइकेहरु अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका प्रमुख अम्बिकाप्रसाद धमला विरुद्ध पोखरी निर्माणको लागि प्राप्त भएको रकम हिनामिना गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

धमलाले निर्माण गर्नुपर्ने पोखरीहरु सम्पन्न नभई सम्पन्न भएको भनी गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेर खर्च बिल तयार गरी प्रतिवेदन बुझएको र रकम लेनदेन भएको पुष्टि भएपछि नगरपालिकाका प्रमुख धमला, इन्जिनियर कृष्ण प्रसाद कोइराला र असिस्टेन्ट (सहायक) सव-इन्जिनियर लिलाराज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

चुरे भावर संरक्षण कार्यक्रम अन्तर्गत पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नविन ढकाल, कोषाध्यक्ष विनिता देवानसँग मिलेमतोमा नभएको कार्यको लागि चौबिस लाख सत्ताइस हजार पाँच सय पैतालिस भुक्तानी दिई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर भएको आयोगले जनाएको छ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सोही रकमको बिगो कायम गरी सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077