काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता घनश्याम भुसालले आफुलाई पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाहीको बारेमा मुख खोलेका छन्।
आज मध्यान्ह अध्यक्ष ओलीले पार्टीले सोधेको स्पष्टिकरण पत्रको जवाफ सही नभएको र पार्टी हित विपरित कार्यहरु गरेको भन्दै नेता भुसाल र अर्का नेता सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिना सम्म को निलम्बन गरेको जानकारी दिएका छन् । ओलीले यसअघि नेताद्वय मादव नेपाल र भीम रावललाई पनि निलम्बित गरेका थिए।
अध्यक्ष ओलीको निल्बनपछि नेता भुसालले सामाजिक सञ्जालमार्फत् आफ्ना धारणाहरु सार्वजनिक गरेका छन्। केही मिनेटको अन्तरमा तीन फरक-फरक ट्वीट गर्दै नेता भुसालले पार्टीको अध्यक्षले गरेको बर्बादीका लागि दुनियासँग माफी मागेको उल्लेख गरेका छन्।
नेता भुसालले अध्यक्ष ओलीका लागि लागि संसारमा या त चाकर छन् या शत्रु छन् भन्दै उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन् र उनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय रहेको भुसालको दोस्रो ट्वीटमा उल्लेख छ।
त्यस्तै, आफ्नो तेस्रो नं को ट्वीटमा भुसालले भनेका छन्, 'असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।'
https://twitter.com/gsbhusal/status/1377540351494299653
https://twitter.com/gsbhusal/status/1377540515143372800