Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई सर्वोच्चको ठुलो झड्का, नेकपा व्यूँताउने फैसला पुनरावलोकन नहुने

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदरको आदेश पुनरावलोकन नगर्ने भएको छ।

आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना समेतको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत मंगलबार दिएको निवेदनमा पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

आजको इजलासले पुनरावलोकन नगर्ने भनी आदेश गरेसँगै गत फागुन २३ कै फैसला अन्तिम भएर बस्ने भएको छ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो ।

अदालतले पुनः नेकपामा फर्काउँछ र केपी ओलीलाई सत्ता र पार्टीबाट सधैंका लागि हटाउछौं भन्ने प्रचण्ड र माधव नेपालको अन्तिम आशा पनि खेर गएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077