Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा ओलीको हालीमुहाली, पाण्डे र भुसाल पनि ६ महिना निलम्बित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ ।

यसअघि पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा भीम रावललाई निलम्बन गरेको एमालेले आज दुई नेता पाण्डे र भुसाललाइ पनि निलम्बन गरेको निर्णय गरेको हो।

पार्टीले सोधेको स्पष्टिकरणमा नेताद्वयले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाही स्वरूप पार्टीले निलम्बन गरेको जनाएको छ ।

यसअघि बालुवाटारमा बसेको एमालेको केन्द्रीय समितिको बैठकले चार जना नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणमा कुनै पनि नेताहरुको जवाफ चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएकाले पार्टीले सुध्रिनका लागि निलम्बन गरेको जनाएको छ।

नेताहरुलाई निलम्बन गरेसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अझै पनि पार्टी भित्र अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077