Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेरिसडाँडाबाट श्रेष्ठले भने - कांग्रेस र जसपा, तपाईहरु केपीको सरकारमा जान मन भए गए हुन्छ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ।

वर्तमान राजनीतिक परिवेश र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने भन्ने सन्दर्भमा बसेको बैठकमा अझै सिन क्लियर भइनसकेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टी मुख्यालय पेरिसडाँडामा सम्पन्न भएको बैठकका भएको बिषयको जानकारी गराउँदै पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले भने, 'अहिले हाम्रो विभिन्न राजनीतिक दलसँग वार्ताको क्रम जारी रहेको छ, निर्क्यौल गर्न अझै बाँकी छ।'

नेता श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले ठोस निर्णय गर्न नसक्दा माओवादी केन्द्रले निर्णय गर्न अझै केही दिन लागेको बताए।

वर्तमान सरकारलाई माओवादीको समर्थन नरहेको भन्दै नेता श्रेष्ठले भने, 'माओवादी केन्द्रको ध्यान केपी ओलीको सरकारलाई विस्थापित गर्नु हो, तपाईहरुलाई केपीलाई समर्थन गर्न मन छ भने गरे हुन्छ तपाईहरु केपीको सरकारमा जान मन भए गए हुन्छ तर ठोस निर्णय गर्नु पर्यो', कांग्रेस र जसपालाई इंकित गर्दै उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077