Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश १ लाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी

बिराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रदेश १ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।साथै प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।

माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्वोका अनुसार संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थनका साथै मुख्यमन्त्री राईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको हो।

प्रदेशसभाको चैत २३ गते बस्ने बैठक अगावै सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको भनाइ थियो ।

तत्कालीन नेकपाले मुख्यमन्त्री राईविरुद्ध २३ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित पुस १२ गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

आङ्वोले वदलिएको परिस्थितिले अविश्वासको प्रस्ताव दर्ता गर्नुको औचित्य सकिएका कारण प्रस्ताव फिर्ता लिन लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077