Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसालको नियति नै पार्टी फुटाउने हो : सुर्य थापा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पछिल्लो अध्यक्ष ओलीसँग असन्तुष्ट रहेका नेपाल पक्षका नेताहरुमाथि कटाक्ष प्रकट गर्दै आएका छन् ।

कहिले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल त कहिले उपाध्यक्ष डा. भीम रावलमाथि कटाक्ष प्रकट गर्दै आइरहेका नेता थापाले यतिबेला पार्टीका अर्का नेता घनश्याम भुसाललाई पनि थापाले पार्टी विभाजनमा सक्रिय रहेको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् भुसाललाई यस्तो आरोप लगाएका हुन् ।

आज बिहान ट्वीटमार्फत्  थापाले नेता भुसालमाथि चुनाव जित्यो कि पार्टी विभाजनमा लाग्ने भुसालको संयोग कि नियति भनेर प्रश्न समेत गरेका छन्।

उनले लेखेकाछन्, 'घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो -
१, २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्यो।
२, ०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो ।
चुनाव जित्यो कि फुटमा सक्रिय,
संयोग कि नियति ?

https://twitter.com/ThapajiSurya/status/1377082988891045889

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077