Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्वोच्चमा पुनरावलोकन निवेदन दिएपछि किन देउवालाई भेटे प्रचण्डले ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएपछि नयाँ तरंग उत्पन्न भएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा दुबै नेताबीच  मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको गठनका सम्बन्धमा सर्वोच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ ।

आज प्रचण्ड सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन लिएर पुगेका थिए।

प्रचण्डले नेकपा एकता भंग गर्ने सर्वोच्चको फैसला बदर गर्नुपर्ने मागसमेत गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन प्रचण्ड सक्रिय रहेका छन्। उनले ओलीलाई दिएको समर्थन फिर्ता गर्ने पनि जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077