Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चको फैसलालाई प्रचण्डको प्रश्न - यो कस्तो नाटक हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला नाटक भएको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्चको फैसलालाई नाटकको संज्ञा दिँदै ठूलो षड्यन्त्र भइरहेको बताएका हुन् ।

कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाउन लाग्दा अदालतले दुईटा पार्टी बनाइदिएको उल्लेख गरे ।

सर्वोच्चको फैसलालाई प्रश्न गर्दै प्रचण्डले भने, ‘यो कस्तो नाटक हो ? हामीले बहुमतसहित अध्यक्षबाट हटाएको केपी ओलीलाई अदालतको फैसलाले फेरि अध्यक्ष बनाइदियो । यो कस्तो खालको फैसला आयो ?’

प्रचण्डका अनुसार ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै लाग्दा सर्वोच्चबाट एमाले-माओवादी व्युँताउने फैसला आएपछि आफूसहित माधव नेपाल र झलनाथ खनाल दुखी बनेर उक्त फैसलाको पुनरावलोकन होस् भनेर अदालत गएको उनको भनाइ छ।

आज बिहान पुनरावलोकनका लागि अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077