Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीलाई चुनौती दिंदै यसरी मनाइयो होली (भिडियो सहित)

काठमाडौं । कोरोना महामारी र खराव मौसमका कारण सरकारले यस वर्ष होली पर्वलाई घर–घरमा मात्र मनाउन आग्रह गरेको थियो । प्रहरी प्रशासनले सरकारको निर्देशन बमोजिम होलीमा सार्वजनिक स्थानमा भेला हुन नपाइने तथा समूह बनाएर होली खेलेको पाइएमा पक्राउ गरी कारबाही गर्ने जनाएको थियो ।

तर, बसन्तपुर आज प्रहरीको निर्देशनलाई अवज्ञा गर्दै हजारौंले होली पर्व मनाए । सार्वजनिक स्थानमा भएको यस्तो भिड नियन्त्रण गर्न प्रहरी असफल सावित भएको छ ।

समयमै भेला हुन नदिएको भए भिड नियन्त्रण हुने थियो । तर, प्रहरीको हेलचेक्र्याईले कोरोनाको महामारीका बेला हजाडौं संख्यामा एकै स्थानमा यसरी होली मनाउँदा संक्रमण फैलिने त्रास झन बढेको छ ।

ट्राफिक प्रहरीले बाइकमा बसेका दुई समेत चोक–चोकमा ओरालेर चेकिङ गरेपनि बसन्तपुरको दृष्यले भने प्रहरीकै चेकिङलाई मजाक बनाएको छ ।

यस्तो छ बसन्तपुरको आजको होली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077