Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शैक्षिक संस्थाहरुमा स्वास्थ्य मापदण्ड कायम गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै शिक्षा क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले वर्तमान समयमा कोरोना जोखिम बढेर जाने सम्भावना देखिएकाले शिक्षक र विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापहरु सञ्चालनमा ध्यानाकर्षण गराएको हो।

आज शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पालना गर्न र गराउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शमाले एक विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077