Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'अबको चार दिनमा घरघरमा मेलम्चीको पानी'

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।

आज नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिने बताएका हुन्। उनले त्यसपछि घरघरमा पानी पुग्ने भन्दै मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ '। एकैचोटी पानी छोड्दा दुर्घटना हुनसक्ने भन्दै बिस्तार-विस्तार छोड्न लगिएको उनको भनाइ छ।

ओलीले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दावी समेत गरे।

सरकारले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै उनले नेपाल विकसित देशभन्दा पनि माथि पुगेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077