Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी कार्यालय सहयोगीको अन्तिम नतिजा प्रकाशन, ३३० जनाले निकाले नाम (नामावली सहित)

काठमाडौं । नेपाल प्रहरीतर्फ रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदको अन्तिम नतिजा आज प्रकाशन भएको छ ।

प्रहरी कार्यालय सहयोगी पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७र७र२१ गते विज्ञापन गरेको थियो ।

प्रहरी कार्यालय सहयोगीमा माली, बगैंचे, भान्छे, हजाम, सिलाई÷बुनाई, कुचीकार र खेलाडी पर्दछन् ।

नतिजा अनुसार मालि­÷बगैंचेमा ९ जना, भान्छेमा २६१ जना, हजाममा १० जना, सिलाई÷बुनाइमा १५ जना, कुचीकारमा ५० जना र खेलाडीमा १५ जना उतिर्ण भएका छन् ।

अन्तर्वार्तामा समेत नाम निकाल्न सफल भएकाहरुलाई चैत २३ गते सोमबार ११ बजे प्रदेश प्रहरी तालिम केन्द्रहरु (विराटनगर, राजविराज, सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल) र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा उपस्थित हुन अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077