Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलात्कार काण्डमा प्रहरी नै पक्राउ, युवतीमाथि हत्या प्रयास गरेको आरोप

काठमाडौं । पछिल्लो समय देशमा बलात्कार र हत्याका घटना बढिरहेका छन् ।

नेपाल प्रहरीले बलात्कारका घटना न्यूनिकरणका लागि हरेक प्रयास गरेको बताइरहेका बेला प्रहरी नै बलात्कारपछि हत्या प्रयास अभियोगमा पक्राउ परेका छन् ।

घटना हो, रूपन्देहीको तिलोत्तमा–११ को । तिलोत्तमा–११ की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलले नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरेको हो ।

युवतीकी आमाले दिएको जाहेरीका आधारमा कठरियालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीतसिंह राठौरले बताए ।

आमाले प्रहरीमा दिएको जाहेरीमा शुक्रबार साँझ साढे ४ बजे साथीकहाँ जान्छु भनी निस्किएकी छोरी नफर्केपछि रातभरि खोजतलास गरिएको र शनिबार बिहान ८ बजेतिर घरदेखि केही पर अर्धचेत अवस्थामा फेला परेको उल्लेख छ ।

युवती पानीले भिजेकी थिइन् भने उनको घाँटीमा झोलाको डोरीले कसेको डाम भएको पनि उजुरीमा उल्लेख छ ।

आरोपित प्रहरी जवान कठरियालाई तिलोत्तमाको मंगलापुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

उनीमाथि बलात्कार र ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077