Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१४९ जनाले निकाले इन्सपेक्टरमा नाम (नामावली सहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको जनपद तर्फको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा उतिर्ण भएकाहरुको नतिजा सार्वजनिक गरेको छ ।

मिति २०७६/१०/०१ गते प्रकाशित विज्ञपन अनुसार सक्षमता परीक्षण प्रस्तुतीकरण र अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरुमध्ये योग्यताक्रमानुसार नियुक्तिका लागि सिफारिस भएका मुख्य तथा वैककल्पिक सूचीमा रहेका उम्मेदवारहरुको अन्तिम नतिजा आज प्रकाशन गरेको हो ।

नतिजा प्रकाशन गरिएको सूचनामा उतिर्ण भएकाहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्रसहित १८ गते बुधबार १० बजे प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखा, नक्सालमा उपस्थित हुन सूचित गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार मुख्यमा १४९ बैकल्पिकमा खुला समूहतर्फ १२ समावेशी समूहको महिलातर्फ २ जना, समावेशी समूहको आदिवासी जनजातीतर्फ ३ जना, समावेशी समूहको मधेसीतर्फ ३ जना, समावेशी समूहको दलिततर्फ २ जना र समावेशी समूहको पिछडिएको क्षेत्रतर्फ २ जना गरी १ सय ७३ जना उतिर्ण भएका छन् ।

उतिर्ण भएकाहरुको सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077