Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लकडाउन अवधिको विद्युत् शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ। सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाह गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो। बैठकपश्चात् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी गराएका छन् ।

होटल उद्योगको रुपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिए।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले २०७८ सालका सार्वजनिक टुंगो लगाएको थियो । विगतको तुलनामा आगामी वर्ष सार्वजनिक बिदा थप गरिएको छ ।

बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको अध्यक्ष पदमा डढेलधुराका विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल तामाङलाई नियुक्त गर्ने निर्णय गरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077