Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वाईसीएलद्वारा १६१ सदस्यीय केन्द्रीय समितिको घोषणा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल) नेपालले १६१ सदस्यीय केन्द्रीय समितिको घोषणा सार्वजनिक गरेको छ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि पार्टी कार्यालय पेरिसडाँडामा दुई दिनसम्म बसेको वाइसीएलको केन्द्रीय समितिको बैठकले समितिको सदस्य संख्या १६१ घोषणा गरेको हो ।

बैठकले संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरणसमेत गरेको अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिए।

बैठकले पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय पनि गरेको छ ।

वाईसीएलको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्र देखाएको भन्दै खेद व्यक्त समेत गरेको छ ।

त्यसैगरी, संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८ र ३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077