Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भोलि राष्ट्रपति भण्डारीसँग बंगलादेश को-को जाँदै छन् ?

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम रहेको छ ।

पराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जान लागेको जनाएको छ। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही सरकारी अधिकारी पनि सम्मिलित हुनेछन्।

बंगलादेशका संस्थापक पूर्वराष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको सयौं जन्मजयन्तीका अवसरमा हुने कार्यक्रममा सरिक हुनेछिन् । सो कार्यक्रममा भण्डारीले नेपाल-बंगलादेश सम्बन्धका बारेमा सम्बोधन गर्ने र भोलिपल्ट त्यहाँ रहेका नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077