Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रमेश खरेलले एसपी छँदा आफुलाई फसाएको रोजको खुलासा, दाजुको अन्तिम अनुहारसम्म हेर्न दिइएन !

काठमाडौं। नेपाल चलचित्र निर्माता संघका महासचिव तथा नेपाली कांग्रेस प्युठानका क्षेत्रिय सभापति सरोज थापा (रोज राणा)ले आफ्नो जीवनको एउटा दर्दनाक पीडा सार्वजनिक गरेका छन्।

कांग्रेस समर्थक भएकै कारण माओवादी जनयुद्धका क्रममा प्युठानमा घर जलाइएपछि ज्यान जोगाउन काठमाडौं प्रवेस गरेका उनलाई नेपाल प्रहरीका पूर्व डिआईजी   रमेश खरेलले जीवनमा कहिल्यै भुल्न नसक्ने  गरी दर्दनाक पीडा दिएको गुनासो गरेका छन् ।

आफ्नो वास्तविक नाम सरोज थापा भए पनि तत्कालिन माओवादीको कारवाहीबाट बच्न नामै परिवर्तन गरी रोज राणा बनेर जोगिएको उनले वताए।

माओवादी कारवाहीबाट जोगिएका राणालाई भने नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले  त्यो भन्दा पनि ठुलो पीडा दिएको खुलासा गरेका हुन।

जुन कुराको खुलासा राणाले एपीवान टेलिभिजनको रजतपट नामक कार्यक्रममार्फत गरेका छन् ।

राणाले भनेका छन्, 'माओवादीबाट जोगिन र नयाँ पहिचानका लागि नै फिल्मी क्षेत्रमा सक्रिय भए। सँगसँगै रेष्टुरेन्ट व्यवसायमा पनि लगानी गरे। तर, त्यो बेला काठमाडौंमा एसपी रहेका रमेश खरेलले आफ्नो फाइदा र प्रचारका लागि मलाई फसाए। उनले मलाई मानव बेचबिखनमा मुद्दा चलाए। तर, मैले अदालतबाट सफाइ पाए र म निर्दोश साबित भए। मलाई फसाएपछि चर्चाको शिखरमा पुगिन्छ भन्ने खरेलको गलत कामको शिकार बने। तर, मैले उक्त पीडा जीवनमा कहिल्यै भुल्ने छैन।'

आफु निर्दोश साबित भएपनि त्यसको क्षेतिपुर्ति खरेलले दिन नसक्ने उनको भनाइ छ।

खरेल कास्कीको प्रहरी प्रमुख (एसपी) छँदा पोखरामा राणाद्वारा अभिनित फिल्म ‘टक्कर दुई मुटुको’ हाउसफूल चलेको थियो। उनको नाम र चर्चा कम थिएन।

खरेलले राणालाई जुन रेष्टुरेन्टमा मानव बेचविखन गरेको आरोपमा मुद्दा चलाएका थिए , त्यसबेला उनको उपस्थिति त थिएन नै, उनी पुगेका पनि थिएनन्। जति पनि युवतीलाई नियन्त्रणमा लिइएको थियो, दबाबमा राखेर राणाको नाम मुछ्नका निम्ति हस्ताक्षर गराइएको थियो । तर, त्यो काठमाडौं जिल्ला अदालतमा पुगेपछि  गलत साबित भएको थियो।

खरेलको अहंकारको सिकारका कारण राणाले आफ्नो दाजुको लास समेत हेर्न पाएनन्। तिहारको बेला थियो, राणा जेलमा थिए। बाबु अस्पतालमा। भाइटिका लगाउन उनलाई छुट थिएन।

दाजुलाई बुटवल जान आग्रह गरेका थिए। त्यहि बेला दाजुलाई गाडीले हानिदियो र ‘स्पोट डेथ’ भयो। दिदीले रुँदै फोन गरिन्। राणा सम्हालिनुको विकल्प थिएन।

तर, रमेश खरेलले चलाएको मुद्दामा उनी जेलमा रहेका थिए। खरेलले नियत राखेकै कारण आफुलाई दाजुको अन्तिम अनुहारसम्म हेर्न नदिइएको राणाले गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077