Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'रिफ्रेस'का लागि सिन्धुली पुगेका प्रचण्ड के गर्दै छन् ? (तस्बिरहरु)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला सिन्धुली पुगेका छन् ।

पछिलो समय राजनीतिक अवस्थाले चिन्तामा परेका प्रचण्ड रिफ्रेस हुन काठमाडौँ बाहिर गएको उनीनिकट स्रोतले बताएको छ ।

बुधबार राजधानीबाट फ्रेस हुनका लागि भन्दै सपरिवार सिन्धुली पुगेका प्रचण्डले सामाजिक सञ्जालहरुमा तस्बिरहरु शेयर गरेका छन् ।

यसअघि पनि बेला-बेला आरामका लागि भन्दै प्रचण्ड काठमाडौं बाहिर जाने गरेका थिए ।

प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन् ।

राजनीतिक रुपमा निकै तनावमा रहेका प्रचण्ड आरामका लागि सिन्धुली गएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077