Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

६ लाख घुससहित पक्राउ परेका मालपोतका नासु र लेखापढीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुससहित पक्राउ परेका मालपोतका नासु र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।

बुधबार आयोगले घुससहित पक्राउ परेका मालपोत कार्यालय सिमराका प्रमुख, नायवसुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडालविरुद्ध विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको हो ।

‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनेर सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्र्याकबाट पास गराइदिने भन्दै ६ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध मुद्दा दायर भएको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार खनालले सेवाग्राहीको जग्गा रजिस्ट्रेसन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवद्र्धन विभाग, नयाँ बानेश्वरमा रोक्का छ, त्यसका लागि खर्च गर्नुपर्छ भनेर घुसका लागि मोलमोलाइ गरेका थिए भने लेखनदास बडालले घुस रकम बुझेका थिए ।

उनीहरु मध्ये खनाल र बडालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी कायम गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077