Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘ओली सरकारको आयु अब दुई दिन मात्र’

    ‘ओली सरकारको आयु अब दुई दिन मात्र’

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयु अब दुई दिन मात्र भएको बताएका छन्।

    मंगलबार दिउँसो माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सन्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका हुन् ।



    नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका छन् ।



    प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पुनले बताए । उनले सरकारलाई दिएको समर्थन हतारमा फिर्ता लिने पक्षमा आफूहरु नभएको बताए ।

    ‘चैत ५ गते जसपाको बैठक छ। त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ।’

    त्यस्तै, आजको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार