Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्काल राजीनामा दिन ७ मन्त्रीहरुलाई माओवादी केन्द्रको पत्रसहितको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ।

पार्टी कार्यालयका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीले आफ्नो सात मन्त्रीलाई निर्देशन सहितको पत्र पठाएको छ, एकजनाबाहेक अरू मन्त्रीले पार्टीले पठाएको पत्र बुझिसकेका छन्।

पार्टी कार्यालयले सम्बन्धित मन्त्री, निर्वाचन आयोग, संसद् सचिवालय र प्रधानमन्त्रीको कार्यालयलाई उक्त पत्र पठाएको छ । श्रेष्ठकाका अनुसार सबै मन्त्रीले आ–आफ्नो सचिवालयमार्फत पत्र बुझेका थिए । तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्न मानेनन् । उनको सचिवालयले नै पत्र बुझ्न नमानेपछि हुलाकमार्फत उक्त पत्र पठाइएको ढकालले जानकारी दिए । ‘दावा लामाबाहेक सबै मन्त्रीका सचिवालयले पत्र बुझे । तर, उनले आफ्नो सचिवालयलाई पनि कुनै हालतमा पत्र नबुझ्नु भनेका रहेछन् । बुझ्नै नमानेपछि हुलाकमार्फत पठाइदिएका छौँ,’ श्रेष्ठकाले भने ।

माओवादी केन्द्रका तर्फबाट हाल सरकारमा गृहमन्त्री रामबहादुर थापा 'बादल', ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री लामा रहेका छन् ।

यसैबीच,  माओवादी केन्द्रबाट नेकपा एमालेमा गएका नेताद्वय प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीमै फर्काउन ‘प्रचण्ड’ले प्रयास गरिरहेका छन् ।

‘शाह र चौधरीसित प्रचण्डले निरन्तर छलफल गरिरहेका छन्’, माओवादीका एक केन्द्रीय सदस्यले भने । उनका अनुसार उनीहरु माओवादीमा फर्कने सम्भावना बढेको छ ।

‘अध्यक्ष प्रचण्डले पार्टी छोडेर एमालेमा लागेका अरु नेता तथा सांसदलाई पनि फर्काउने प्रयास गरिरहनु भएको छ । ‘अरुसित खासै छलफल भएको छैन, तर साह र चौधरी निरन्तर संवादमा छन् । सम्भवतः उहाँहरु फर्कनुहुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077