Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डलाई ओलीले फोन गरेर भने - भेट गरौं न

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटको प्रस्ताव गरेका छन् ।

पार्टीमा माधवकुमार नेपाल पक्षले छुट्टै राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि दबावमा परेका ओलीले प्रचण्डलाई फोन गर्दै भेट गरौं न भनेको स्रोतले बताएको छ ।

तर प्रचण्डले भेटका लागि रुची नदेखाएको प्रचण्डनिकट स्रोतले बताएको छ ।

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीको बैठक चलिरहेको थियो, बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’ उनका अनुसार ओलीले प्रचण्डलाइ फोन गर्दै भेटौं न भनेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077