Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकै परिवारका पाँचको मृत्यु

एजेन्सी । भारतको विहारमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकै परिवारका पाँचको मृत्यु भएको छ।

सोमबार बिहान झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमास्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ वर्षीया तोहफा, ६ वर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको हो । विस्फोटमा नूर बाबुको श्रीमती ३२ वर्षीया शहजादी बेगम गम्भीर घाइते भएकी छिन्।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077