Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको बैठक स्थगित, नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित भएको छ ।

हिजोदेखि सुरु भएको बैठक आज केही बेर बसेर स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

'आजको बैठकमा २० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नुभयो, भएका जति सबैले धारणा राख्दा समय नपुग्ने भएर बैठक स्थगित गरिएको हो', श्रेष्ठले भने।

श्रेष्ठले नयाँ सरकार निर्माणबारे अरु दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको दोहोर्याए।

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077