Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको बैठक पेरिसडाँडामा

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पनि जारी रहेको छ ।

आइतबारकै बैठकलाई निरन्तरता दिन आजको बैठक जारी रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पेश भएका एजेण्डाहरमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन र कम्युनिष्ट पार्टीहरुबीचको एकता रहेको श्रेष्ठले बताए ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेता नारायणकाजी श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिबारे र सात प्रदेशका इन्चार्जले सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

त्यस्तै, आजको बैठकमा सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077